कामनपा ५ का मतदाताले भने, बर्षाको समयमा हुने डुबानको समस्या समाधान होस
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ५ का उम्मेदवारले घरदैलो अभियानलाई आजपनि तिब्रता दिएका छन् । वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापतिका अनुसार घरदैलो अभियानमा मतदाताले रुद्रमति मार्गमा वर्षाको समय डुबान पर्ने हुँदा त्यसको समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका थिए ।
उहाँले भन्नुभयो, मतदाताका धेरै अपेक्षा, ढलको व्यवस्थापन, सार्वजनिक जग्गामा पार्क निमार्णको कार्य सम्पन्न गरिनुपर्ने उनिहरुको माग छ । घरदैलो अभियान अन्र्तगत आज चाँगुनारायणहुँदै मालिगाउँ, रुद्रमती मार्ग परिक्रमा गरिएको थियो ।
घरदैलो अभियानमा अभियानमा प्रदेश सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य नारायण सिलवाल, नेतृ रत्न गुरुग, वडा सदस्यका उम्मेदवार, हरि वहादुर महर्जन, आरती सुनार, पञ्चमाया मूनिकार, शसी थापा, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्