Techie IT
आईतबार, असार १,२०८२

नागार्जुन नगरपालिकाका प्रशासन शाखा प्रमुख लुइटेलको बिदाइ


काठमाडौँ, भाद्र ९। नागार्जुन नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेललाइ बिदाइ गरिएको छ। करिब ४१ वर्ष ३ महिना ३ दिन लामो निजामती सेवाको  यात्रापछि अनिवार्य अवकाश  पाई  सेवानिवृत्त  भएका लुइँटेलको   बिदाइ गरिएको हो । उनलाई नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत,उप प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लगायत नगरपालिकाका कर्मचारीहरुले शुभकामना सहित बिदाइ गरेका हुन।

कार्यक्रममा नगर प्रमुख मोहन बहादुर बस्नेतलेअवकाश प्राप्त योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेलले नगरपालिकामा निर्वाह गरेका भूमिकाको प्रसंशा गर्दै मायाको चिनो सहित सेवानिवृत्त जीवन सुखद रहोस भन्ने शुभकामना  ब्यक्त गरेका थिए । कार्यक्रममा सेवानिवृत्त  भएका लुइँटेले  नगरपालिकामा रहदा  सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Light Rain
5:06 am7:02 pm +0545