नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संयुक्तरुपमा ४० बेडको आइसोलेसन केन्द्र तयार
काभ्रे । नमोबुद्ध नगरपालिका–४ स्थित जनक बहुमुखी क्याम्पसमा ४० बेडको आइसोलेसन केन्द्र तयार भएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा मेथिनकोट अस्पतालसँगै रहेको क्याम्पस भवनमा आइसोलेसन केन्द्र स्थापना गरेका हुन् । उक्त आइसोलेसन केन्द्रमा हाल एकजना बिरामी राखिएको छ ।
नमोबुद्ध नगरपालिकाकी ६० बर्षीया कोरोना संक्रमित महिलालाई आइसोलेसनमा राखी उपचार अघि बढाइएको हो । मेथिनकोट अस्पतालमा उपचारको क्रममा गरिएको पिसिआर परिक्षणमा उनमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएकी महिलाको अवस्था अहिले सुधारोन्मुख रहेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सागर जर्घामगरले जानकारी दिएका छन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच सोमबार संयुक्त आइसोलेसन स्थापनाको सहमति भएको थियो । सहमतिअनुसार आइसोलेसनका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गरी सञ्चालनमा ल्याइएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् । आज शुक्रबार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको टोलीले आइसोलेसन केन्द्रको अनुगमनसमेत गरेका छन् ।
दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको टोलीले सुरक्षा दिनेछ । आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नमोबुद्ध नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्