तारकेश्वर २ कालीदेवी माविको ‘आधारभूत तह ब्लक ’ भवन शिलान्यास
सीता पौडेल ( अर्चना )
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर २ थुम्कीमा रहेको श्री कालिदेवी माध्यामिक विद्यालय (मावि) को ‘आधारभूत तह ब्लक ’ भवनको शिलान्यास गरिएको छ । नमुना उन्मुख यस विद्यालयको गुरुयोजना अनुसारको उक्त भवनको शनिबार तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले शिलान्यास गरेका हुन् ।
संघिय सरकारको नमुना उन्मुख विद्यालय निर्माण गर्ने र प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप नै संघीय सरकारको अढाइ करोड बजेटमा १८ कोठे आधुनिक भवन निर्माण हुन लागेको कालिदेवी उच्च मावि पूर्वाधार विकास तथा भौतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धव अधिकारीले बताए ।

आधारभूत तहदेखि माध्यामिक तह वा कक्षा १२ सम्म हाल करिब ७०० विद्यार्थीहरु अध्ययनरत रहेको यस विद्यालयमा नयाँ भवनको निर्माण तथा पूर्वाधार विकासको फड्को सँगै , प्राविधिक धार , गुणस्तरीय र व्यवहारिक शिक्षामामा जोड दिई विद्यार्थी संख्यालाई बढाएर १००० जना पु¥याउने अध्यक्ष अधिकारीको भनाई छ ।
हाल प्राविधिक धार अन्तर्गत यस माविमा कक्षा ९देखी १२ सम्म कृषि विषयलाई प्राथमिकतामा राखेर अध्यापन भइरहेको विधालय व्यवस्थापन समितिले जनाएको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ## ‘आधारभूत तह ब्लक ’, ##भवन शिलान्यास, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्