नयाँ वर्षमा घुमघामको उत्कृष्ट गन्तव्य झोरको एभरग्रीन रिसोर्ट : सञ्चालक अधिकारी
सीता पौडेल
काठमाडौं । काठमाडौ जिल्लाको टोखा नगरपालिका १ झोरमा अवस्थित एभरग्रीन रिर्साेटका सञ्चालक राजाराम अधिकारीले नयाँवर्षमा घुमघाम र रमाइलोको खोजीमा हुनेहरुका लागि ‘एभरग्रीन रिसोट’ उत्कृष्ठ गन्तव्य स्थल भएको ठोकुवा गरेका छन् ।
उनले काठमाडौंको सामाखुशी चोकबाट करिब १० किलोमिटरको दूरीमा रहेको उक्त रिर्साेट काठमाडौं शहरको कोलाहल ,धुवाँ ,धुलो र भीडभाडबाट पर र निकै शान्त सफा, स्वच्छ तथा सुन्दर वातावरणमा बसेर रमाउन सकिने रिर्साेट भएको साझापानालाई बताएका छन् ।

उनका अनुसार यो रिर्साेटमा सुन्दर प्राकृतिक तथा पारिवारिक वातावरणमा सबै उमेर समुहका लागि उपयुक्त र सस्तो मूल्यमा खाने,बस्ने र प्याकेजका सुविधाका साथमा गुणरुतरिय सेवा प्रदान गरिन्छ ।
उनले भने , ‘काठमाडौंको उत्तरपश्चििम भेगमा अवस्थित शवपुरीको छत्रछाँयाँमा रहेको यस ‘एभरग्रीन रिर्साेट’मा बौडेश्रर झरनाको कलकल आवाज, चराचुरुङ्गीको चिरविरचिरविर आवाज, सुन्दर हरियाली बनजंगललागायतको मनमोहक वातावरणले यहाँ पाल्नुहुने जो कोहीलाई लोभ्याउँदछ । यहाँ प्रदान गरिने गुणस्तरिय तथा छिटो र छरितो सेवाबाट पाहुनाहरुलाई सन्तुष्टि मिलेको प्रतिक्रिया समेत हामीले प्राप्त गरेका छौं । तसर्थ तपाईँहरु पनि नयाँ वर्षमा घुमघाम र रमाइलोको गन्त्वय स्थालको खोजीमा हुनुहुन्छ भने हामीलाई एक पटक सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौं ।’
आफ्नै ठाउँमा बसेर केही गर्ने रहरले रिर्साेट खोल्ने सोचलाई प्ररित गरेको अर्का सञ्चालक रामशंकर अधिकारीको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##झोरको एभरग्रीन रिसोर्ट, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्