तारकेश्वरको नवीन नगरको चौंथो बनभोजसँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको चौंथो बनभोजसँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार ककनीमा आयोजना गरिएको सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, नगर प्रवत्ता तथा वडा नं का अध्यक्ष बिदुर सापकोटा र तारकेश्वर १० का अध्यक्ष अमृत थापाको उपस्थिति रहेको थियो ।
बनभोज कार्यक्रममा नवीन नगर टोलबाट एक सय भन्दा बढि उपभोक्ताहरुको सहभागिता रहेको थियो । बनभोज कार्यक्रममा नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले यसपाली देखि सुरु गरेको “समाजसेवी सम्मान कार्यक्रम – २०७७” मा ५ जना समाजसेवीहरुलाई सभापति रामशरण न्यौपानेबाट खादा ओढाएर प्रमुख अतिथि रामेश्वर बोहराबाट सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुमा समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै आर्थिक र नैतिक सहयोग गर्ने मधुसुदन न्यौपाने, विष्णु पौडेल, आर्थिक सहयोग प्रदान गर्ने विष्णु सुवेदी, शिव रिमाल र समाज एकतावद्ध गर्न लाग्नुभएका सामाजिक अभियान्ता शिव सापकोटालाई “समाजसेवी सम्मान कार्यक्रम–२०७७” बाट सम्मान गरिएको थियो

नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका अध्यक्ष सुशान्त न्यौपानेको जन्म दिनको दिन परेको बनभोजमा केक काटेर न्यौपानेले अतिथिहरु र टोलबासीहरुसँग जन्म दिन मनाएका थिए । बनभोज कार्यक्रममा लोकदोहोरी गायिका तथा मोडल पार्वती खतिवडा बानियाँले गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन । बानियाँले गीत गाउँदा अतिथिहरु समेत छमछमी नाचेका थिए ।
नवीन नगर उपभोक्ता तथा टोल विकास मितिका सचिव चेत नारायण न्यौपानेका अनुसार नवीन नगरले प्रत्येक वर्ष बनभोज कार्यक्रम गर्दै आएको र यस वर्षबाट टोलका समाजसेवी नागरिकहरुलाई पनि सम्मान गर्ने नयाँ कामको सुरुवात भएको हो । न्यौपानेका अनुसार नवीन नगरले सुरु गरेको समाजसेवी सम्मान कार्यक्रम हरेक वर्ष निरन्तर रूपमा सञ्चालन हुनेछ ।
नवीन नगरका सयौं मानिस सम्मानका लागि योग्य भएको र एकैपटक धेरैलाई समेट्न नसकेता पनि आगामी दिनहरुमा सबैलाई समेटने गरि कार्यक्रमहरु सञ्चालन गदै जाने आयोजक संस्थाले बताएको छ । भविष्यमा वर्षभरी सामाजिक विकास, आर्थिक सहयोग र जनचेतनामुलक कार्यक्रममा सक्रिय रहेका व्यक्तिहरुलाई समाजसेवी सम्मान कार्यक्रमले सम्मान गरिने अध्यक्ष सुशान्त
न्यौपाने ले बताए ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##नवीन नगरको चौंथो बनभोज, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्