काभ्रेस्थलीमा ३० लाखको कृषि समूह भवन शिलान्याश
तारकेश्वर काठमाडौं । तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश गरिएको छ । प्रदेश सांसद योगेन्द्र संगौलाद्धारा बिनियोजीत ३० लाख रुपैया बराबरबको बजेटमा काभे्रस्थली सामुदायीक कृषक समूहको भवन निमार्ण हुन लागेको हो ।
करिव ४ आना श्रेत्रफलको जग्गामा निमार्ण हुने सो भवनको शिलान्यास नेकपाका केन्द्रिय सदस्य एवं तारकेश्वरका समाजसेवी लेखनाथ फँयालले गरेका छन । बटुकहरुद्धारा शान्ति स्वती एवं पूजा आजा सहित गरिएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र के.सी , जनप्रतिनिधिहरु , लगायत स्थानीयको बाक्लो उपस्थीती रहेको थियो ।
तारकेश्वर वडा नं २ भित्र बसोबास गर्ने ६५ जना सदस्यहरु रहेको यो समूहले मासीक रुपमा बचत गरीनुका साथै किसानहरुलाई गाँई पालन , कुखुरापालन , तरकारीखेती लगायतका कार्यमा सहजीकरण गर्दे आएको अध्यक्ष प्रकाश फुँयालले बताए ।
फुँयालका अनुसार समूले हाल सम्म प्रदेश ज्ञानकेन्द्रबाट ३ वटा पावर ट्रेलर , ३ वटा बिधुतिय धान चुट्ने मेसीन ,प्राप्त गरिएको छ ।
काभे्रस्थली सामुदायीक कृषक समूहको भवन निमार्ण सम्पन्न भएपछि प्रशासनिक कामका साथै कृषि संकलन केन्द्र , मल बिउँ भण्डार लगायतको कार्यमा सहज हुने छ ।
समूहका सदस्यहरुले उत्पादन गरेका तरकारी , दुध लगायतका उत्पादनहरुलाई संकलन गरि बजार ब्यवस्थान गरिने अध्यक्ष फुँयालको भनाई छ ।



क्याटेगोरी : स्थानीय
ट्याग : #काभे्रस्थली सामुदायीक कृषक समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्