Techie IT
मंगलबार, माघ २९,२०८१

फेसियल हाउसको २ दिने सेमिनार पोखरामा


 काठमाण्डौं, ३१ भाद्र – फेसियल हाउसको २ दिने सेमिनारका लागि बरिष्ठ सौन्दर्यविद सुष्मा महरा पोखरा पुगेकी छन् ।

जम्बो टोली सहित पोखरा पुगेकी महरालाई पोखरा एयरर्पोटमा ब्युटिसियनहरुले स्वागत गरेका थिए । सन्जी मगर लगायतका ब्युटिसियनले उनलाई स्वागत गरेको पोखरा फेसियल हाउसले जनाएको छ ।

ब्युटिसियनहरुको क्षमता अभिबृद्धि र क्याराटीन स्मुथीङ सम्वधि सेमिनारका लागि महरा पोखरा गएकी हुन् ।

पोखरा फेसियल हाउसका अनुसार सोमबार पहिलो चरणको कार्यक्रम सकिएको छ भने महराले मंगलबार पोखराका उद्योगि ब्यवसायी तथा राजनीति ब्यक्तिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।

सौन्दर्यविद् महरा काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष हुनुका साथै कर्पोरेट म्यागाजिनको निर्देशक समेत हुन ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #फेसियल हाउस


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545