यि हुन यौन सम्पर्कबाट निको हुने चार खतरनाक रोग

नाइसेरिया मेनिन्जाइटिसः
नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डको हड्डीलाई संक्रमण गर्नसक्छ । तर यो यूरोजेनिटल संक्रमणका लागि परिचित छ ।
७० को दशकमा भएको अध्ययन अनुसार चिम्पान्जीको नाक र गला हुँदै यो ब्याक्टेरिया यौनाङ्गसम्म पुगेको थियो जसलाई युथरल संक्रमण भनिन्छ ।
लगभग ५ देखि १० प्रतिशत युवायुवतीमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदा शरिरभित्र प्रवेश गर्ने गर्छ ।
एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट उनको पार्टनरमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ ।
जम्मा पाँच प्रकारका एन. मेनिन्जाइटिस संसारभरी हुने यौन संक्रमणका लागि जिम्मेवार छन् । यद्यपी, यो ब्याक्टेरियाका लागि दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभाव कम गर्न सकिन्छ ।
माइकोप्लाजमा जेनिटेलियमः
माइक्रोप्लाजमा जेनिटेलियम संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक हो तर यसमार्फत् हुने यौनजन्य संक्रमण संसारको ठूलो समस्याको कारण बन्दै गएको छ ।
यसलाई सन् १९८० को दशकमा पहिचान गरिएको हो । यो ब्याक्टेरियाले अहिले लगभग १ देखि २ प्रतिशतलाई संक्रमित गरेको छ । विशेषगरी यो युवा र वयस्कमा तीब्र रुपमा फैलिरहेको छ ।
यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समयअगावै प्रसव र भ्रुणको मृत्युसम्म हुनसक्छ ।
कन्डमको प्रयोगले यो संक्रमण पार्टनरलाई सर्नबाट जोगाउन सकिन्छ ।
अनुसन्धानकर्ताले एम. जेनिटेलियमलाई रोक्नका लागि एन्टीबायोटिक औषधी विशेषगरी एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिने गर्छन् ।
शिगेला फ्लेक्जेनरीः
यसलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानवीय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो संक्रमणपछि अत्यधिक पेट दुख्न र झाडालगायतका समस्या देखिन्छन् ।
वैज्ञानिकका अनुसार एस. फ्लेक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलन्छन् । संसारभरीका यस्ता संक्रमण तीब्र रुपमा सार्वजनिक भइरहेको छ ।
लिन्फोंग्रानुलोमा वेनेरेउम (एलजीवी):
क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो यौनरोग भयानक संक्रमणको कारण बन्न सक्छ ।
एलजीवीको संक्रमणका कारण अस्थायी डण्डीफोर, यौनाङ्गमा अल्सरको समस्या हुनसक्छ । त्यसपछि यसको ब्याक्टेरिया शरिरको लसिका तन्त्रिकामा आक्रमण गर्नेगर्छ ।
रेक्टल संक्रमण आन्द्रासँग जोडिएका रोगको कारण बन्नसक्छ । मलाशयको गम्भीर रोगको कारण पनि बन्नसक्छ ।
पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरी अमेरिकामा तीब्र रुपमा बढ्दैछ । विशेषगरी यो रोग बाइसेक्सुअल र समलिङ्गीमा साधारण हुँदै गएको छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #यौन सम्पर्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्