Techie IT
आईतबार, चैत्र ९,२०८१

युवाहरुबीच लोकप्रिय हुक्का चुराेटभन्दा निकै खतरनाक ,निम्त्याउँछ यस्ता समस्या


थाहा पाइराखौं हुक्काको बेफाइदाको बारेमाः

— चुरोट भन्दा खतरनाक हुन्छ हुक्का

यूनिभर्सीटी अफ कोलम्बीयाको एक रिपोर्ट अनुसार हुक्का चुरोट भन्दा धेरै हानीकारक हुन्छ । यसमा निकोटीनको साथै ह्यासीस (एक प्रकारको लागुऔषध) को प्रयोग भएको हुन्छ ।
यसका साथै हुक्कामा प्रयोग गरिने फ्लेबरहरुमा पनि शरीरलाई हानी गर्ने पदार्थहरुको प्रयोग गरिएको हुन्छ ।

केही मानिसहरुमा हर्बल हुक्काले धेरै हानी गर्दैन् भन्ने धारणा रहेको हुन्छ । तर, यो गलत हो । हर्बल हुक्काले पनि त्यति नै असर गर्दछ जति अन्य हुक्काले गर्छ ।

— चुरोट भन्दा हुक्कामा प्रयोग हुने सुर्ती खतरनाक हुन्छ

हुक्का पिउनु यसकारण पनि खतरनाक हुने गर्दछ कि जो मानिसहरु हुक्का सेवन गर्छन उनीहरु ३० देखि ४५ मिनेटसम्म तान्ने गर्छन् ।

यती धेरै समयसम्म लगातार हाम्रो शरीरमा कार्बनमोनोअक्साइड जाने गर्दछ । मानव शरीरको लागि कार्बनमनो अक्साइड धेरै हानीकारक मानिन्छ ।

— मुटुमा समस्या पैदा गर्छ

फ्लेबरयुक्त हुक्काको सेवन गर्दा त्यसमा भएको सुर्तीको कारण लेड र मानव शरीरको लागि खतरनाक अन्य रसायन पैदा हुने हुन्छ, जुन मुटुको लागि खतरनाक हुन्छ ।

हुक्का सेवन गर्ने मानिसहरुमा श्वासप्रश्वास रोकिने सम्भावना पनि धेरै हुन्छ । लगातार लामो समयसम्म हुक्का सेवन गर्दा मुटुका धमनीहरुमा समस्या हुने र त्यसकारण हर्ट अट्याक, स्ट्रोक्स र अन्य कार्डियो भास्कुलर रोगहरुको जोखिम हुन्छ ।

— क्यान्सरको सम्भावना

जो मानिसहरु हुक्का तान्दा पानीको बाटो हुँदै आउने धँुवाले खासै असर गर्दैन् भन्ने मान्यता राख्छन् उनीहरु गलत छन् ।

हुक्काको सेवनको कारण मुख, फोक्सो तथा रक्त क्यान्सर हुने सम्भावना निकै उच्च हुन्छ ।

यसका साथै हृदयघात तथा धमनीहरुमा बेकार पदार्थहरु जमाउने काम पनि हुक्काले गर्छ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #हुक्का


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545