Techie IT
बिहीबार, फागुन १,२०८१

अजिंगरको छालाबाट बनाइदैछ इमरान खानका लागि विशेष चप्पल


पाकिस्तानको पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा अमेरिकाबाट मगाइएको अजिंगरको छालाबाट एक विशेष प्रकारको चप्पल तयार पारिदैछ ।

उक्त प्रान्तमा नरउद्दीन चाचा जुत्ता चप्पल बनाउने काममा चर्चित नाम हो । उनै चाचाले पाकिस्तान प्रधानमन्त्री इमरान खानका लागि एक खास डिजाइनको चप्पल बनाइरहेका छन् ।

अन्तरराष्टिय समाचार स्रोतहरुका अनुसार यो चप्प्ल इदका अवसरमा प्रधानमन्त्री खानलाई उपहार दिने तयारी छ । वास्तवमा यो चप्पल चाचा आफैले बनाउन लागेका भने होइनन् ।

इमरान खानका एक फ्यानले आफ्ना कप्तानलाई खास उपहार दिन चाहन्थे । उनले अमेरिकाबाट अजिंगरको छाला मगाए । त्यसपछि चाचालाई एक उत्कृष्ट डिजाइनको चप्पल बनाउन आग्रह गरे ।

चाचाका अनुसार यो खास प्रकारको चप्पल हो । जसलाई लगाउँदा गर्मीको महसुश हुने छैन । लामो समय लगाएर निरन्तर काम गर्दा पनि प्रधानमन्त्रीलाई थकाई महसुश नहुने चाचाको भनाई छ ।
एजेन्सी


क्याटेगोरी : जीवनशैली
ट्याग : #अजिंगरको छाला


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545