अजिंगरको छालाबाट बनाइदैछ इमरान खानका लागि विशेष चप्पल
पाकिस्तानको पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा अमेरिकाबाट मगाइएको अजिंगरको छालाबाट एक विशेष प्रकारको चप्पल तयार पारिदैछ ।
उक्त प्रान्तमा नरउद्दीन चाचा जुत्ता चप्पल बनाउने काममा चर्चित नाम हो । उनै चाचाले पाकिस्तान प्रधानमन्त्री इमरान खानका लागि एक खास डिजाइनको चप्पल बनाइरहेका छन् ।
अन्तरराष्टिय समाचार स्रोतहरुका अनुसार यो चप्प्ल इदका अवसरमा प्रधानमन्त्री खानलाई उपहार दिने तयारी छ । वास्तवमा यो चप्पल चाचा आफैले बनाउन लागेका भने होइनन् ।
इमरान खानका एक फ्यानले आफ्ना कप्तानलाई खास उपहार दिन चाहन्थे । उनले अमेरिकाबाट अजिंगरको छाला मगाए । त्यसपछि चाचालाई एक उत्कृष्ट डिजाइनको चप्पल बनाउन आग्रह गरे ।
चाचाका अनुसार यो खास प्रकारको चप्पल हो । जसलाई लगाउँदा गर्मीको महसुश हुने छैन । लामो समय लगाएर निरन्तर काम गर्दा पनि प्रधानमन्त्रीलाई थकाई महसुश नहुने चाचाको भनाई छ ।
एजेन्सी
क्याटेगोरी : जीवनशैली
ट्याग : #अजिंगरको छाला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्