खम्बेले गरे आधा शरीर नचल्ने मेहर सिंहलाइ सहयोग
रामेश्वर ढकाल
काठमाडौँ – कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार र एनटीभी बाट प्रशारण हुने झट्काका चर्चित कलाकार निर्माता तथा निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले पिडित आधा शरीरनै नचल्ने गरिब दुखी पिडित मेहर सिंहलाइ आफ्नै घरमा आश्रय दिदै उनको औषधि उपचार गर्दै आएका छन् ।
गरिबीको कारण इण्डियामा काम गर्न जाने शिलशिलामा पहिरोले किचेर शरीरको नशा च्यापी आधा शरीरनै नचल्ने भए पछि भए भरको सम्पति सकेर उपचार गर्दा पनि नसके पछि काठमाडौँमा आई खोला तिर बसो बास गरि मागेर खाएको अबस्थामा चर्चित कलाकार निर्माता निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले भेटेर पिडितहरुलाई आफ्नो सुटिङ स्थलमा नै लिएर उनीहरुलाई गाँस बास कपास तथा औषधि उपचार गर्दै राखेका छन ।
आर्थिक स्थिति अतिनै कम्जोर भएका मेहर सिंह र उनको श्रीमती लक्ष्मी सिंह अहिले सहयोगको आशा गर्दै बिगत १० बर्ष देखि दुख व्यहोर्दै आएका दम्पति काठमाडौँमा आएका छन । बिगत १० बर्ष देखि उपचार गर्दै आफ्नो श्री-सम्पति सक्दा पनि उनको उपचार गर्न नसकेकोले अहिले सहयोग माग्दै हिडेको छन ।
https://www.youtube.com/watch?v=OKo5V-arYFg&feature=player_embedded
क्याटेगोरी : जीवनशैली
ट्याग : #खम्बे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्