बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?
महिलाले विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।
माथि उल्लेखित सोच गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन ।
त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।
यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #बिहेअघि सेक्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्