चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव
काठमाडौं, नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध दुष्प्रचार हुँदै आएको धारणा सार्वजनिक गरेको छ । प्रतिष्ठानले यस्ता कार्य निन्दनिय रहेको पनि जनाएको छ ।
साथै, प्रतिस्ठानले कोरोना भाइरसबिरुद्को अभियानमा आफ्नो ऐक्यबद्द्ता जनाउदै सद्भाव समेत प्रकट गरेको छ । उक्त मैत्री संस्थाले आईतबार एक लिखित एबम श्रब्य दृश्ययुक्त प्रेस विज्ञप्ती जारी गर्दै सद्भाव प्रकट गरेको हो । राजधानीमा तत्काल उपस्थित आफ्ना सदस्यका साथ अध्यक्ष मेल्सम ओझाद्वारा जारी बिज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडको स्वागत गर्न तयारी गर्दै गर्दा भोग्नुपरेको बिषम परिस्थितीको अग्रिम मोर्चामा रहेर सामना गरिरहेका बैज्ञानीक, डाक्टर, नर्स, किसान र मजदुरहरुलाई धन्यवाद ब्यक्त गरिएको छ ।
साथै, चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले लिएको भार्इरस बिरुद्दको नितिलाइ पुर्ण समर्थन गरेको उल्लेख गरेको छ । कार्यक्रममा सदस्यहरु रमेश कुमार भट्टराई , शिव पौडेल, प्रजित राज पराजुली, निराजन तिवारी, अनामिका कार्की, सुमन कोइराला र आशिस कोखालीको उपस्थिती रहेको थियो । प्रतिष्ठानले चीन सरकारले नेपाली जनता र बिद्यार्थीको सुरक्षामा देखाएको जिम्मेवारीबोध प्रती हार्दिक कृतज्ञता समेत प्रकट गरेको छ ।
नेपाल चीन प्रतिष्ठानले आफ्ना सदस्यलाई भार्इरस सम्बन्धी समाचारका लागि चिनियाँ आधिकारिक सुचना स्रोत हेर्न , पढ्न र सत्य थाहा पाउन आफ्नो सामाजिक सन्जालमार्फत आव्हान समेत गरेको छ । वित्रप्तिमा समयक्रममा भयावह स्थिती आउने गरेको तर चीनले आकस्मिक रुपमा समाधानको बाटो पहिल्याउदै अघि बढ्ने गरेको भन्दै जस्तो सुकै बिषम परिस्थितीको सामना गर्दै अघि बढ्ने सवालमा चीनले हासिल गर्दै आएको चमत्कारिक उपलब्धीको प्रशंसा समेत गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #प्रतिष्ठानको सद्भाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्