नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सामसद

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले प्रतिनिधिसभाको चुनाव जितेका छन् ।
गएको जुन २६, २०१८ मा भएको प्रथम चरणको चुनावमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थानमा विजयी भएका थिए । बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा उनी दोश्रो स्थानमा विजयी भएका छन् ।
नेपाली मूलबाट अमेरिकामा राष्ट्रिय राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा विजय हुने भण्डारी पहिलो उम्मेदवार हुन् । अमेरिकामा प्राध्यापन पेशामा संलग्न रहेका भण्डारी नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका पुगेका थिए ।
गएको जुन महिनामा सम्पन्न प्रथम चरणको चुनावमा चारजना प्रतिस्पर्धी एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र कार्लज्याक्स तेश्रो स्थानमा विजयी भएका छन् । गएको प्राथमिक चरणको चुनावमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए ।
अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ मा चुनाव हुने गर्दछ । अहिले केन्द्रीय प्रतिनिधिसभाको ४ सय ३५ सिट, केन्द्रीय सीनेटको एक सय मध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र राज्य डेलिगेटस (विधायकसभा) का साथै स्थानीय तहको चुनाव भएको हो । त्यसै मध्ये ह्यारीले बाल्टिमोर काउन्टीको डिष्ट्रिक ८ बाट राज्य डेलिगेटस (विधायकसभा) मा जित हासिल गरेका हुन् ।
ह्यारीको नेपाली नाम हिराबहादुर भण्डारी हो । अमेरिका आएसँगै एचबी भण्डारी हुँदै उनी अहिले ह्यारी भण्डारी नामले चर्चित छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरीकाको सामसद#ह्यारी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्