मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने
पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।
लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ ।
पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुशर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्वन गरेको आरोप लगाइएको छ ।
मुशुर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उहाँ दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो ।
मुशर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो । विशेष अदालतले मुशर्रफलाई दोषी घोषणा गरेको र उहाँको सम्पत्ति जफत गर्न भनिएको भएपनि अदालती कानूनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन ।
मुशर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उहाँ स्वदेश नआएकाले न्यायालयद्वारा उहाँको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #प्रवेज मुशर्रफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्