गजलकार प्रकट पगनी शिवको एक गजल ः “हररात मैले सम्झेको छु ”

तिमीसँग विताएका हररात मैले सम्झेको छु ।
जे– जे भए एकान्तमा, हरबात मैले सम्झेको छु ।।
तिमीसँग विताएका हररात मैले सम्झेको छु ।।।
सुस्त– सुस्त वतास सुस्त, सुस्त– सुस्त सरसराहट ।
तप्प तप्प सित खस्ने हर पात मैले सम्झेको छु ।।
तिमीसँग विताएका हररात मैले सम्झेको छु ।।
मधहोस थियौ तिमी , राप थियो मेरो मनमा ।
अँगालोमा कसिएका हरहात मैले सम्झेको छु ।।
जे– जे भए एकान्तमा, हरबात मैले सम्झेको छु ।।
तिमीसँग विताएका हररात मैले सम्झेको छु ।।।
चुमी बस्थ्यौं यी हत्केला, यी औंला र यी परेला ।
विर्से छैन रङ्गीन–रङ्गीन हरसाथ मैले सम्झेको छु ।।
को विर्सन्छ यती मीठो नउत्रीने नशा पिउँदा ।
प्याला भर्दै पिलाएको हरमात मैले सम्झेको छु ।।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #गजल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्