‘खेमराज स्मृति साँझ’ मा गायिका रचना रिमाल संग झुम्यो तुम्लिङटार
खाँदबारी : गीतसंगीतको धुनमा शुक्रबार साँझ तुम्लिङटार झुम्यो। पुर्बी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारको शुक्रबारे हटिया परिसरमा आयोजित ‘खेमराज स्मृति साँझ–२०८२’ ले संखुवासभा सहित छिमेकी जिल्ला भोजपुरका संगीतप्रेमीको भिडले साँगीतिक माहोल तातेको थियो।
तुम्लिङटार स्पोर्टिङ क्लबको आयोजनामा डेढ दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए। ताली, नाच र जयजयकारले कार्यक्रम स्थल गुञ्जिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायिका रचना रिमाल थिइन्। उनले ‘बल्छी काँडै’, ‘ऐना दर्पणमा’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकको मन जितिन्। त्यसैगरी लोकगायक कमलीकान्त भेटुवालले ‘झम्के गुलेली’ गाएर मञ्च झनै ताताएका थिए।
स्थानीय कलाकारहरू उमाङ लामा, सुरेन्द्र पुलामी, टीका मगर, विराट तामाङ, दखिन राई, अपन श्रेष्ठ, नविन दाहाल, सुनिता तामाङ, सुशान्त मगर, यमकुमार घिमिरे, पासाङ घिसिङ र मनिश गदाईली लगायतले पनि आकर्षक प्रस्तुति दिएका थिए।
विशेषगरी, केयर एन्ड द लुङ्गा ब्यान्डको रक–फ्युजन प्रस्तुति र विराट तामाङका जोसिला स्टेज एक्सप्रेसनले युवा दर्शकलाई झुमाएको थियो। साँझ ढल्दै जाँदा मञ्चको प्रकाश र ध्वनिले वातावरणलाई झनै जादुमय बनाएको थियो।
यो बर्षको कार्यक्रम मनकामना एकादशी मेलामा आयोजना गर्ने तयारी गरिएको भए पनि लगातार वर्षाका कारण समय सारेर शुक्रबार सम्पन्न गरिएको आयोजक क्लबले जनाएको छ।
नेपाली संगीत, संस्कृति र साहित्यमा स्व. गायक खेमराज गुरुङले पुर्याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको आयोजक क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिनुभयो। \
–––
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #खेमराज गुरुङ, #खेमराज स्मृति साँझ, #रचना रिमाल, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्