यि हुन युवतीलाई आकर्षित गराउने पाँच तरिका
१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्
श्रीमतीलाई सँधै गाली गरिरहनु हुन्छ वा उनलाई कमजोर वा केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौनसम्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।
२. घरको काममा ध्यान दिनुहोस्
तपाईं यो सो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौन त आफै हराएर जान्छ ।
किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सबै कामको बाबजुद पनि यौनसम्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा हात लगाउने बानी लगाउनु होस् ।
भान्सामा तरकारी काट्ने, खाना पकाउन सघाउने, सरसफाइमा सघाउने जस्ता काम गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।
३. अंगालो हाल्न सुरु गर्नुुस्
उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौनसम्पर्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । यदि उनले आफै शुरु गरिन् भने कहिले पनि मौका नगुमाउनुहोस् । उनको यौनइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छाडाको संज्ञा नदिनुहोस् ।
४. सम्भोगको अवधीमा जिस्किरहनुहोस वा शरीरलाई एकदमै नजिक राख्नुहोस्
चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पीडा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ । र, यही रोमान्स प्राप्ति गर्नकै लागि उनलाई तपाईसँग सम्भोगको निम्ति लालायित गराउँछ ।
५. उनको शरीरको तारीफ गर्नुहोस्
जव यौनसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्तन कति झोलिएको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दाग ? तिमीले म वाहेक अरुसँग सहवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौनसम्पर्क झर्किलो बन्दछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #युवतीलाई आकर्षित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्