यि हुन युवतीलाई आकर्षित गराउने पाँच तरिका

१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्
श्रीमतीलाई सँधै गाली गरिरहनु हुन्छ वा उनलाई कमजोर वा केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौनसम्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।
२. घरको काममा ध्यान दिनुहोस्
तपाईं यो सो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौन त आफै हराएर जान्छ ।
किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सबै कामको बाबजुद पनि यौनसम्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा हात लगाउने बानी लगाउनु होस् ।
भान्सामा तरकारी काट्ने, खाना पकाउन सघाउने, सरसफाइमा सघाउने जस्ता काम गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।
३. अंगालो हाल्न सुरु गर्नुुस्
उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौनसम्पर्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । यदि उनले आफै शुरु गरिन् भने कहिले पनि मौका नगुमाउनुहोस् । उनको यौनइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छाडाको संज्ञा नदिनुहोस् ।
४. सम्भोगको अवधीमा जिस्किरहनुहोस वा शरीरलाई एकदमै नजिक राख्नुहोस्
चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पीडा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ । र, यही रोमान्स प्राप्ति गर्नकै लागि उनलाई तपाईसँग सम्भोगको निम्ति लालायित गराउँछ ।
५. उनको शरीरको तारीफ गर्नुहोस्
जव यौनसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्तन कति झोलिएको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दाग ? तिमीले म वाहेक अरुसँग सहवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौनसम्पर्क झर्किलो बन्दछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #युवतीलाई आकर्षित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्