बर्दिवास साहित्यको ५२ औँ शृङ्खला सुमधुर सङ्गीतमय

यही मिति २०८० साल मंसिर २ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको नियमित ५२ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा तथा ॐ समाज डेन्टल हस्पिटलका सन्चालक डा. सुवास घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले गरेकी थिइन् भने उपस्थिति प्रमुख अतिथि विशेष अतिथि अतिथि लगायत सम्पूर्णलाई प्रतिष्ठानका कोषाध्यक्ष पवन कुमार वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैगरी सदस्य विमला वि.क.ले खादा ओढाएर सम्मान गरेकी थिइन् ।
सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गायक अर्जुन ‘बाबु’ लामा, बृहत साहित्य सन्जाल मधेश प्रदेशका संयोजक नारायण घिमिरे, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिष्णु खड्का थिए ।
सो कार्यक्रमका प्रमुख आकर्षक स्थानीय गायक अर्जुन ‘बाबु’ लामाको सुर, सङ्गीत र तालको विशेष प्रस्तुतीले शृङ्खला सङ्गीतमय बनेको थियो ।
उक्त कार्यक्रमका अतिथिहरुमा बर्दिवास नगर पत्रकार सन्जालका अध्यक्ष गोपाल बराल, सचिव विशाल बस्नेत, पत्रकार आशा तोलङ्गे, गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका संयोजक प्रेम घिमिरे, बुढ्यौली साहित्य समाज धनुषा संयोजक नानीराम दहाल, बुढ्यौली साहित्य समाज महोत्तरीका उपाध्यक्ष रामचन्द्र यादव, सचिव नारद प्रसाद काफ्ले, साहित्य अनुरागी नारायण खडका, प्रलेस महोत्तरीका सहसचिव धर्मेन्द्र कुमार यादव, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम, साहित्य अनुरागी नेत्र रम्तेल, ॐ समाज डेन्टल हस्पिटल महोत्तरीका व्यवस्थापक संजिव क्षेत्री र वाद्यवादक बुद्ध रखाल थिए ।
शुभकामना दिँदै उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले आफूले साहित्यको क्षेत्रमा सधैँ साथ सहयोग गर्दै आएको र यो निरन्तर रहने कुरा व्यक्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा सुवास घिमिरेले बर्दिवास लगायत यस क्षेत्रको साहित्यिक उन्नयनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा अझै यसले व्यापक विस्तार हुने विश्वास लिइएको कुरा व्यक्त गरेका थिए । साहित्यलाई माया गर्ने डाक्टर सुवास घिमिरेले आफू पनि यस प्रतिष्ठानको सदस्य भएर काम गर्ने इच्छा रहेकाे कुरा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा गायक अर्जुन ‘बाबु’ लामाले सुमधुर स्वरमा सात वटा गीत गाएका थिए भने अन्य स्रष्टाहरूले पनि आफ्नो रचना वाचन गरेका थिए । वाचन गर्ने सष्ट्राहरूमा केदार गौतम; नारद काफ्ले; नारायण घिमिरे; नारायण खडका; यादव राज वाग्ले, प्रेम घिमिरे, रामचन्द्र यादव, धर्मेन्द्र कुमार यादव, नानीराम दहाल थिए भन्ने द्रष्टाहरूमा कृषभ गौतम, मदन सुन्दास, सुदिप सुन्दास, रिता थापा, शितल सुन्दास, दशक बलम्पाकी, मोनालिसा बलम्पाकी, प्रेम कुमार सिंह,कमला अधिकारी, संजिव बुड्ढाथोकी, कृतिका सुवेदी, सरोज महतो, अन्जु दहाल र सीता दहाल थिए भने कार्यक्रममा विश्व नेपाली साहित्य समाज महोत्तरीका अध्यक्ष उद्धव आचार्य र दीर्घायु योग साधना केन्द्र गौरीडाडाका अध्यक्ष पुनम ड्ढुङ्गाना अतिथिको रुपमा उपस्थिति थिए ।
सो कार्यक्रमको व्यवस्थापकको भूमिकामा प्रतिष्ठानका प्रचार प्रसार विभाग प्रमुख जीवनराज दहाल र नाट्य विभागका होनहार सदस्य अनिल दाहाल थिए ।
कार्यक्रमको अन्त्यमा,सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको (५२) बाउन्नौँ शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न गर्न गरिमामय उपस्थितिका लागि प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक आभार प्रकट गरेका थिए । साथै आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौँ भन्दै शुभकामना मन्तव्यमा विचार राख्ने प्रमुख अतिथि डा. सुवास घिमिरेप्रति विशेष आभार प्रकट गर्दै उहाँलाई यस प्रतिष्ठानको मानर्थ सदस्य प्रदान गर्ने कुरा व्यक्त गरेका थिए । डा. सुवास घिमिरेले प्रतिष्ठानलाई रू: २५ (पच्चीस हजार रूपैयाँ)आर्थिक सहयोग दिने घोषणा समेत गरेका थिए ।
यसैगरी आजको कार्यक्रम संचालन गर्न सभाहल उपलब्ध गराउने ॐ समाज डेन्टल हस्पिटल महोत्तरीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
उक्त कार्यक्रमको मिडिया पार्टनरमा पञ्चामृत टिभी थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्