Techie IT
सोमबार, माघ २८,२०८१

बलिउड नायिका श्रद्धा कपुरले नेपाली युवकसँग विवाह गर्दै


बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग बिवाह गर्ने भएकी छन् । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् ।

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ ।

केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।

रोहन मुम्बइमा जमेका फोटोग्राफर हुन् । उनका पिता राकेश श्रेष्ठ नेपालबाट मुम्बइ सरेका थिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #श्रद्धा कपुर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Mist
6:43 am5:52 pm +0545