गोबिन्द तिमल्सिना को काभ्रे घुम्न जाउँ बोलको गीत सार्वजनिक
नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता यति बढ्यो कि लेखि साध्य छैन भन्दा फरक नपर्ला । सपश्चात विभिन्न समयमा विभिन्न गीतमा सँगसँगै देखिएका प्रकाश र अञ्जली पुनः एक पटक एकसाथ आएका छन् ।
गायक गोविन्द तिमिल्सिनाको पछिल्लो गीत ‘काभ्रे घुम्न जाम्’ बोलको गीतमा प्रकाश र अञ्जलीलाई एकसाथ कम्मर मर्काउँदै गर्दा देख्न सकिन्छ । शुक्रबार युट्युवमा रिलिज गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुनःको छ । शब्द संगीत विष्णु तामाङले भरेका छन् ।
गीतको सम्पुर्ण छायाँकन काभ्रेमै गरिएको छ । रविन बजगाइँले क्यामेरा चलाएका छन् । प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियो एलआरएस म्युजिक एण्ड फिल्मस् को तर्फबाट बजारमा आएको हो । गायक गोविन्दको पछिल्लो रिलिज गीत ‘ज्यान भुतुक्कै’ले राम्रो चर्चा कमाएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #काभ्रे घुम्न जाउँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्