नाना पाटेकरलाई ‘सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप
मुम्बई । ‘आशिक बनाया आपने’ र ‘ढोल’ जस्ता फिल्ममा अभिनेत्रीको रुपमा काम गरेकी तनुश्री दत्ताले २००८ मा अभिनेता नाना पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेस्मेन्ट’ गरेको आरोप लगाएकी छन् । १० वर्षपछि एकपटक फेरि उनले आफूसँग घटेको घट्नाको बारेमा विस्तृतमा बताएकी छन् ।
तनुश्रीका अनुसार, ‘हर्न ओके प्लीज’ को सेटमा उनले जे सहिन् त्यसका लागि नानासँगै फिल्मका निर्माता सामी सिद्दिकी, निर्देशक राकेश सारंग र कोरियोग्राफर गणेश आचार्य जिम्मेवार छन् । तर, उनले नाना बाहेक अरु कसैको बारेमा धेरै बोलिनन् ।
तनुश्रीले भनिन्, ‘नाना पाटेकरको सेटमा आवश्यकता हुँदैन थियो, फेरि पनि उनी आउँथे र कोरियोग्राफरलाई तिमी हट म डान्स सिकाउँछु भन्थे । नानाले सुटिङको पहिलो दिनबाट नै मसँग गलत हर्कत सुरु गरेका थिए ।’ पटक-पटक दुव्र्यबहार गरेपछि नानालाई उनीसँग इन्टिमेट सिन गर्ने सोच आएको थियो ।
उनले नानाको बारे निर्माता/निर्देशकलाई बताएपनि उनीहरु नसुने झैं गरिदिन्थे । यसकारण कि उनी बलिउडमा नयाँ थिइन् । तनुश्री भन्छिन्, ‘गलत व्यबहारपछि नानाले निर्मातासमक्ष मसँग एक इन्टिमेट सिनको डिमान्ड राखेका थिए ।’ उनका अनुसार, कन्ट्रयाकमा यस्तो केही थिएन ।
तनुश्रीका पितालाई नानाको हर्कतको बारेमा थाहा भएपछि उनले निर्मातासँग कुरा गरेका थिए । ‘पिताले निर्मातालाई स्पष्ट भन्नुभयो- ‘मेरी छोरीले नानासँग इन्टिमेट सिन गर्दिनन् ।’ तपाईहरु रातभरी सोच्नुस् र बताउनुस्’, उनले भनिन् । पछि तनुश्रीले उक्त फिल्म छाडिन् र फिल्ममा राखी सावन्त भित्रिएकी थिइन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नाना पाटेकर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्