नाना पाटेकरलाई ‘सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप

मुम्बई । ‘आशिक बनाया आपने’ र ‘ढोल’ जस्ता फिल्ममा अभिनेत्रीको रुपमा काम गरेकी तनुश्री दत्ताले २००८ मा अभिनेता नाना पाटेकरले आफूलाई ‘सेक्सुअल ह्यारेस्मेन्ट’ गरेको आरोप लगाएकी छन् । १० वर्षपछि एकपटक फेरि उनले आफूसँग घटेको घट्नाको बारेमा विस्तृतमा बताएकी छन् ।
तनुश्रीका अनुसार, ‘हर्न ओके प्लीज’ को सेटमा उनले जे सहिन् त्यसका लागि नानासँगै फिल्मका निर्माता सामी सिद्दिकी, निर्देशक राकेश सारंग र कोरियोग्राफर गणेश आचार्य जिम्मेवार छन् । तर, उनले नाना बाहेक अरु कसैको बारेमा धेरै बोलिनन् ।
तनुश्रीले भनिन्, ‘नाना पाटेकरको सेटमा आवश्यकता हुँदैन थियो, फेरि पनि उनी आउँथे र कोरियोग्राफरलाई तिमी हट म डान्स सिकाउँछु भन्थे । नानाले सुटिङको पहिलो दिनबाट नै मसँग गलत हर्कत सुरु गरेका थिए ।’ पटक-पटक दुव्र्यबहार गरेपछि नानालाई उनीसँग इन्टिमेट सिन गर्ने सोच आएको थियो ।
उनले नानाको बारे निर्माता/निर्देशकलाई बताएपनि उनीहरु नसुने झैं गरिदिन्थे । यसकारण कि उनी बलिउडमा नयाँ थिइन् । तनुश्री भन्छिन्, ‘गलत व्यबहारपछि नानाले निर्मातासमक्ष मसँग एक इन्टिमेट सिनको डिमान्ड राखेका थिए ।’ उनका अनुसार, कन्ट्रयाकमा यस्तो केही थिएन ।
तनुश्रीका पितालाई नानाको हर्कतको बारेमा थाहा भएपछि उनले निर्मातासँग कुरा गरेका थिए । ‘पिताले निर्मातालाई स्पष्ट भन्नुभयो- ‘मेरी छोरीले नानासँग इन्टिमेट सिन गर्दिनन् ।’ तपाईहरु रातभरी सोच्नुस् र बताउनुस्’, उनले भनिन् । पछि तनुश्रीले उक्त फिल्म छाडिन् र फिल्ममा राखी सावन्त भित्रिएकी थिइन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नाना पाटेकर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्