Techie IT
सोमबार, माघ २८,२०८१

अजय थापा द्धारा अभिनित झिलिमिली तिहार गिति एल्बम सार्बजनिक


पछिल्लो समय नेपाली चाड पर्वहरुलाई समेटिएर बिभिन्न खालका गित संगितहरु निमार्ण भइरहेका छन । माया , प्रेम , बिछोड ,मिलनलाइ मात्र गितमा समावेश नगरी बिभिन्न चाड पर्व , संस्कृति एवं पराम्परालाई समेत संरक्षण र प्रर्बद्धन गर्ने नेपाली सांगेतिक आकाशमा सुमधुर गितहरु घन्कीरहेका छन ।

यस्तै गितहरु मध्य एक हो विनोद गुरुङको स्वरमा रहेको झिलिमिलि तिहार । तिहारको मैलीक परम्परा ,देउसी भैलो लगाएतका संस्कृतिलाई समेटिएर तयार पारिएको सो गिति एल्बममा एनके ब्रदरको शब्दरसङ्गीत रहेको गीतलाई कुमार थापाले एरेञ्ज गरेका छन् ।

नारायण रिजालको निर्देशन रहेको गीतमा डोल्मा, रोशन, शोभा, अजयलगातलाई फिचरिङ गरिएको छ । राहुल राईको छायाँकन रहेको गीतको भिडियोलाई शुरेस राउतले सम्पादन गरेका हुन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #झिलिमिली तिहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545