फेसिअल हाउसमा मिसेस नेपाल इन्टरनेसनलका प्रतियोगीको हेयर र स्किन टेस्ट सम्पन्न
काठमाडौं, ०४ असोज( फेसिअल हाउसमा मिसेस नेपाल इन्टरनेसनलका ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट गर्ने कार्य मंगलवार असोज ०३ गते सम्पन भएको छ । मिसेस नेपाल इन्टरनेसनल २०१८ का ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट गर्ने कार्य फेसिअल हाउसकी म्यानेजिंग डाइरेक्टर समेत रहेकी सौन्दर्यशास्त्री सुषमा महराको नेत्रीत्वमा सम्पन्न भएको हो । सो अवसरमा फेसिअल हाउसले प्रतिस्पर्धीहरुको सम्मानमा केक समेत काटेको थियो ।
रिबन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ जना महिला बीच प्रतिस्पर्धा हुदै छ । प्रतियोगीले विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिइरहेका छन्।
पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचबिखनविरुद्धको अभियान समेत सञ्चालन गरिनेछ भने यस वर्षको विजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। विजेताले पुरस्कारस्वरूप स्कुटर पनि पाउनेछिन्।

प्रतियोगीतामा विभिन्न पेसा तथा गृहिणी जीवन बिताइरहेका महिलाहरुले प्रतिस्पर्धा गर्दै छन्। भाग लिने प्रतियोगीहरुमा नर्मदा सोराली, रविना परियार, सरस्वती थापा, शान्ति बडे, बीना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मि थापा, प्रमिक्षा पोखरेल, मनीषा पाण्डे, रिज्जी सेढाई, प्रियंका खनियाँ, विष्णु राना, अनिला महर्जन, तेजमाया लिम्बू, चन्दा थापा गिरी, अनीता विश्वकर्मा, सृष्टि महर्जन, दीपा थपलिया, सबिता देउला, सुक्ति खनाल, लक्ष्मी लिम्बू, प्रतिमा शर्मा, स्मृति श्रेष्ठ, मनीषा राजथला, जुनु शर्मा, रूपा शिवाकोटी, केशरी ढकाल, विमला नुगो लिम्बू, दीपिका बर्मा, अनीता विमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानांग रहेका छन्।
यसअघिका प्रतियोगितामा सबिता लामिछाने, अनुपमा राई र सुरुचि पाण्डे मिसेस नेपाल इन्टरनेसनल भएका थिए। प्रतियोगिताको संयोजन रेनु सेन्चुरी र सम्राट् शाहले गर्दै आएका छन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #फेसिअल हाउस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्