Techie IT
बिहीबार, फागुन १,२०८१

त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा  सम्पन्न


 नुवाकोट । त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा  सम्पन्न भएको छ ।

भेलाले आगामी दुई बर्षका लागि  कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसमा अध्यक्षमा आरएम डङ्गोल रहेका छन् भने उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल चयन भएका छन् ।

त्यसै गरी महासचिवमा श्यामराज पाठक चयन भएका छन् । सचिवमा राजेन्द्र घिमिरे सागर, कोषाध्यक्षमा लक्ष्मी रूम्बा तथासदस्यहरूमा पुरु लम्साल ,भैरवी ढुङ्गाना, कृष्णकिसु न्यौपाने, प्रभाती किरण ,सन्तोषी अधिकारी, बैरागी जेठा, उत्तम विचार भेटुवाल, पुरू बिमल, जया ओझा, जितेन्द्र सिह ठकुरी चयन भएका छन् ।

प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर राजधानी काठमाडौँलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे ।

प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्दै आइ रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #त्रिशूली वाङ्गमय प्रतिष्ठान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545