लोकप्रिय मोडल शंकर विसीले खोले आफ्नै डान्स स्टुडियो
सीता पौडेल (अर्चना)
काठमाडौं। लोकप्रिय मोडल, म्युजिक भिडियो निर्देशक तथा नुत्य प्रशिक्षक शंकर विसीले कलाकार बद्री विष्टसँगको सहकार्यमा नयाँ डान्स स्टुडियो सञ्चालनमा ल्याएका छन्।काठमाडौंको गोंगबु चोकबाट ५ मिटर पश्चिमतर्फ अवस्थित ‘बागेश्वरी फिल्म्स एण्ड दि वाल्क’ नाम रहेको उक्त स्टुडियोको महानायक राजेश हमालले हालै एक कार्यक्रमकाविच उद्घाटन गरेका थिए।
स्टुडियोको उद्घाटन गदै महानयक हमालले भने,‘ शंकर विसीसँग मैले धेरै स्टेज शोहरुका लागि प्रशिक्षणसमेत लिएको छु, हामीसँगसँगै कोरस नाच्दा मैले उहाँबाट धेरै सिकेको छु।उहाँको उचाई अनुसार नै यस स्टुडियोको पनि उचाइ कायम हुने कुरामा म विश्वस्त छु।’
कार्यक्रममा २०५१ सालको एसएलसीसँगै सुनौलो भविश्यको सपना र रहर मनभरि बोकेर काठमाडौं छिरेको बताउँदै मोडल तथ निर्देशक विसीले भने, ‘ सपनाहरु एक पछि अर्काे गदै पुरा हुँदै छन्, बाँकी रहर र सपना पुरा गर्न आफूँ पनि अझै सिक्दै छु। कलाकारिता एउटा सागर हो । सिक्दै र गर्दै जाँदा यसको गहिराइसम्म पुग्न सकिन्छ।’
सञ्चालकद्धय विसी र विष्टका अनुसार यस डान्स स्टुडियोमा आफूँंहरुसँगै ज्ञानु थापामगर र कमलभक्त परियार नृत्य प्रशिक्षकको रुपमा रहेका छन्।
कार्यक्रममा कलाकार सम्झना बुढाथोकी , राजु ढकाल , बद्री पंगेनी ,पशुपति शर्मा, रिता थापामगर कृण्ण , कँडेल, कस्तुप पन्त लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : ##डान्स स्टुडियो, ##शंकर विसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्