कोरोना प्रभाव : ‘निफ’ यो वर्ष ‘हाईब्रिड’ हुने
काठमाडौं– नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यो पटक हाईब्रिड हुने भएको छ।
कोभिडका कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी गरेकोले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाईन हुने भएका हुन्।
त्यसैगरी फेस्टिभलका चलचित्रहरुलाई अनलाईन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने सुविधा हुनेछ।
उद्घाटन र समापन समारोह स्वास्थ्य मापदण्डअनुसार गरिनेछ। तर त्यसलाई विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुर्याइने फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए।
फेस्टिभलका चलचित्रलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सक्नेछन्।
फेस्टिभलको अर्को महत्त्वपूर्ण अंगका रुपमा रहेको विभिन्न विषयगत बहस कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकले सहभागिता जनाउन सक्नेछन्।
‘‘तयारी त भौतिक रुपमै गर्ने हो। त्यसैले नियमित सेड्युलबाट सारेर वैशाखमा ल्याएका थियौं। परिस्थिति अनुकूल नभएकाले यसपटक हामीले हाइब्रिड गर्न बाध्य भयौं,’ अध्यक्ष पाठक भन्छन्, ‘यसले हामीलाई अझ धेरै दर्शकसम्म पुग्ने अवसर दिएको छ। पहिला हामीसँग फेस्टिभल आयोजना स्थलसम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हुनेछन्।’ यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ विश्वास पाठकको छ।
वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने चौथो संस्करणको निफमा तीनवटा नेपाली फिचर फिल्मले प्रतिस्पर्धामा भाग लिनेछन्। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार प्रतिस्पर्धाका लागि ‘लाटोकोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो’ छानिएका छन्।
महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट चार सय ५० चलचित्र प्राप्त भएका छन्। आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी थियो।
अब निफमा ६६ फिल्म देखाइनेछन्। तीन चलचित्रमध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउनेछन्।
‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यस वर्ष महामारीका विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।
यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु–चलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड यथावत् रूपमा प्रदान गरिनेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्