आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं — वैशाख ७, २०७८।
आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का सिंगिङ तर्फको विजयी किड्स सिंगर आज्ञा थपलियाको स्वरसंगै अन्य प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको छ। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।

साथै उक्त गितको म्युजिक भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (डान्स) तर्फका अन्य विजयी प्रतियोगीहरुको समेत अभिनय देख्न सकिन्छ।
एलिट ग्राण्ड स्कूल चुच्चेपाटी, काठमाडौंको क्लास २ मा अध्ययनरत किड्स सिंगर आज्ञा थपलिया ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फको विजेता हुन।
मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।
उक्त ‘सुन हैन’ गितको म्युजिक भिडियोलाई ‘ड्रीम सर्च एजेन्सी’ले युट्युवमा ल्याएको छ ।
भिडियो —
https://youtu.be/1PQamngzgXs
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्