बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २२ औँ शृङ्खला सम्पन्न
जीवनराज दाहाल (साझापाना)
आज मिति २०७८ साल बैशाख ४ गते शनिबारको दिन ‘बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान’ को २२ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा र प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ ।

यस शृङ्खलाको शुभकामना दिने स्रष्टाहरूमा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथि, प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, प्रलेस महोत्तरीका उपाध्यक्ष जमुना पोखरेल, बर्दिवास वडा नं. १ का वडा सदस्य एवम् साहित्यिक व्यक्तित्व निरज अधिकारी, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक एवम् छन्द चौतारीका अध्यक्ष अग्निकवच, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको खोज तथा अनुसन्धान विभागका उर्जाशील सदस्य भीमकुमार राउत हुनुहुन्थ्यो ।

उक्त शृङ्खलामा विभिन्न लयका कविता र गजलहरू वाचन गरिएका थिए । यस शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरूमा इन्द्र थापा, जमुना साह, जमुना पोखरेल, पवन वाग्ले, नानीराम दहाल (बन्चरो), निरज अधिकारी, भीमकुमार राउत, यशोदा श्रेष्ट, पार्थसारथि, जीवनस्पर्शी, अग्निकवच, आर सी पौडेल हुनुहुन्थ्यो । उक्त शृङ्खलामा अन्य सहभागीहरुमा ईश्वर पोखरेल, उज्वल भट्टराई, उषा ढकाल, आशा साह, पिकेश यादव, निकेस यादव, विश्वमणि बराल र दीपचन्द्र मण्डल हुनुहुन्थ्यो ।
यस प्रतिष्ठानको २२ औँ शृङ्खला भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी भाइबहिनी र द्रष्टास्रष्टा सम्पूर्णलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल)ले धन्यवाद ज्ञापन गर्दै शृङ्खला समापन गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्