चलचित्र किन रुन्छ मेरो मनको पहिलो गित “मन डराउछ” सार्वजनिक
काठमाडौं २८ चैत बैशाख १० गते बाट देशैभरी एकसाथ प्रदर्शन हुने नेपाली कथानक चलचित्र ´किन रुन्छ मेरो मन तिमी बिनाको पहिलो गित “मन डराउछ”भिडियो सार्वजनिक भएको छ। ज्ञानेन्द्र गिरिको शब्द एवम् संगित रहेको उक्त गितमा अन्जु पन्त र बिशाल निरौलाको स्वर रहेको छ। गितमा शिव आचार्य र ज्योति पोख्रेललाई फिचरिङ गरिएको छ।
विशाल पहरी,शिव आचार्य,ज्योति पोख्रेल,अपेक्षा सिक्देल,कालू राणा,भेष कुमारी शाही लागएत कलाकारको अभिनय रहेको यस चलचित्र लाई शिव आचार्यले निर्देशन गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी,मिलन श्रेष्ठको द्वन्द,तारा थापा किम्बेको सम्पादन,अरुण थापाको रङ्ग सम्पादन,हरि घले र जीवन पराजुलीको छायांकन एवम् शेखर लामाको प्रोडकसन डिजाइन रहेको छ।
मल्लशाही फिल्मस् को प्रस्तुति रहेको यस चलचित्रलाई भेष कुमारी शाहीले निर्माण गरेका हुन् भने यस चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।उक्त चलचित्र आगामी बर्षको बैशाख दश गते देशै भरीका सिनेमाहलहरुमा एक साथ प्रदर्शन हुँदै छ। यस गितलाई साइराम पिक्चर्सको अफिसियल युटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ। (हेर्नुहोस् गितको पुरा भिडियो ) https://youtu.be/L1VKM3GeS74
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्