Techie IT
आईतबार, असार १,२०८२

रश्मी बनिन लेट मि इन मिसेज व्यूटी क्वीनको बिजेता


काठमाडौँ । काठमाडौंको राष्ट्रिय नाचघरको सभाहलमा सोमबार भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरकी रश्मी शाक्य सिजन मिडियाद्धारा आयोजना गरेको लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल, सिजन ४ का बिजेता बनेकी छन् ।

सौन्दर्य पेसामा आवद्ध शाक्यले मिसेज ट्यालेन्ट उपाधी समेत प्राप्त गरिन । २२ जना प्रतियोगी रहेको सो  सौन्दर्य प्रतियोगितामा डा. अश्विना केसीले फष्ट रनरअप र इन्टेलीजेन्टको टाइटल अवार्ड समेत हात पारिन । यस्तै सेकेन्ड रनरअप विजेता लसता शाक्यले वेष्ट स्कीन र वेष्ट वाकको उपाधी जित्न सफल भइन ।

बिजेता शाक्यले रेफ्रिजेनेटर, लेटमिइनको तर्फवाट ३० हजार बराबरको गिफ्ट भौचर ,सिङ्गापुर र मलेसियाको भ्रमणको लागि हवाई टिकट प्राप्त गरिन । फस्ट रनरअपले ४० इन्चको टिभि, सेकेण्ड रनरअपले भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट र लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर प्राप्त गरे ।

त्यस्तै थर्ड रनरअपमा शर्मिला घिसिङ् र चौथो रनरअपमा सपना थापा विजयी भए ।भने अर्गनाइजर च्वाइसको उपाधी अम्विका थापाले जित्न सफल भइन ।

प्रतियोगिताका अन्य विधाहरुमा  सृजना थापाले डिसिपिलिन ,सजिता रेग्मी कन्फीडेन्ट, लक्ष्मी राणा लोयल, सुनीता के.सी.पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फेन्ड्लीको उपाधी हाता पारे । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मि अर्यालले मिसेज वव्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक , चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी मर्हजन कोटियोर्स , पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डर्ओकीङ र सुन्नीमा लम्साल मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड प्राप्त गरे ।

उक्त प्रतियोेगिताको निर्णायक मण्डलमा व्यूटी प्याजेन्ट एसोसीयसन नेपालका अध्यक्ष गोपाल लाल कक्षपति, वरिष्ठ सौन्दयविद सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अन्जु भट्टराई ,सन्चारकर्मी अनिता विन्दु, प्रदेश नम्वर १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य रहेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : ##मिसेज व्यूटी क्वीन, ##सिजन ४


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545