प्रकृतिसँग जोडिएको ” जिपलाइन त्यो एक मिनेट”
काठमाडौं।
भनिन्छ रमाउने उमेरमा संघर्स गर्नू पर्छ र संघर्ष गर्दा गर्दै उमेर जान्छ र टन्न धन सम्पति हुन्छं तर बुढेस काल लाग्छ अनी रमाउने उमेर खेल्ने उमेर सकिन्छ
फुर्सद र खर्चको संयोजन भइदिए घुम्ने मूड पनि चाहियो। अझ भनौं साहसिक खेल त झन सजिलो इच्छामै पर्दैन। त्यस्तो संयोग आइलाग्यो भने छोड्न पनि मिल्दैन।
समय छुट्याएर घुमघाम गर्दा, साहसिक खेलका अनुभव लिँदा मान्छेले आफ्नो दैनिक जीवनमा ऊर्जा अनुभव गर्छ। त्यो ऊर्जाको मापन खर्चले गर्दैन। हामी शारीरिक र मानसिकरूपले स्वस्थ हुनुपर्छ। त्यसका लागि आफ्ना रुटिनलाई व्यवस्थित गर्नैपर्छ। घुम्नु र ज्यानलाई अलिकति भए पनि कसरत हुने काम गर्नै पर्छ। त्यसैले हो नेपालीले देश दर्शनका यात्राहरू गर्न थालेको। सर्वसाधारण यात्रा गर्छन्। युवा पुस्ता यात्रामा पनि जटिल चरणहरूको सामना गर्न रुचाउँछन्।
युवा पुस्ताका रहर र रुचि अरू उमेरभन्दा केही फरक हुनुले नै हो साहसिक यात्रा र खेलमा सहभागिता नघटेको। मौका आउँदा साहसिक यात्रा र खेलमा एकपटक भए पनि अनुभव लिन युवा पुस्ता अघि सर्छ। र्याफ्टिङ, बन्जी, जिपलाइन, पाराग्लाइडिङ आदि । यी सबै हुन् त आखिर साहसिक खेल।

क्लासिक, सुपरम्यान र टेण्डममध्ये धुलिखेल जिपलाइनले सुपरम्यान मोड नेपालमै पहिलो पटक सञ्चालन गरेको जानकारी दिएका छन्।
नौलो अनुभव लिन सकिने अवतरण विन्दु परिसर नै २० रोपनी क्षेत्रफलमा रहेको छl यो परिसरमा बच्चाहरुका लागि छुट्टै जिपलाइन, प्लेइङ, टायर, हाइ रोप लगायत विभिन्न किसिमका ब्रिज राखिएका राखिएका छन्। सबै किसिमका खेल खेल्दा सहभागीले रोमाञ्चक अनुभव मात्र नभइ मन मस्तिष्क एकाग्र बनाएर अंगप्रत्यंगलाई अनौठो अनुभूति हुने बताएका छन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जिपलाइन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्