‘मिस्टर एन्ड मिस टिन शेर्पा’ले पाए तेस्रो सिजनका विजेता
काठमाडौँ — माघ २७, २०७७।
मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् ।
यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।
प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बनेका छन् । यस्तै मिस्टर टिन शेर्पा तर्फ दावा जाङबु शेर्पा र गौतम शेर्पा फस्ट र सेकेण्ड रनर अप भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।
संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोर र किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउने बताउनुभयो । उहाँले यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले शेर्पा समुदायको हक आधिकरका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यसपालिको प्रतियोगिता मिस एण्ड मिस्टर टिन शेर्पाको तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्न थालेको हो । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिता गरेको संस्थाले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्