मोडल गान्धीभ सुबेदी अभिनित ” मैना कोही आफ्नो छैन” सार्वजनिक ( भिडियो सहित)
१५ माघ काठमाडौँ –
गायक रामचन्द्र चन्द र माया सारुको आवाजमा मौलिक लोक लयमा आधारित ‘मैना कोही आफ्नो छैन’ बोलको गीत सार्वजनिक भएको छ ।
सुर्य न्यौपानेको शब्द रहेको गीतमा लय कमल खनालको रहेको छ । साथै संगीत संयोजन रामचन्द्र चन्द आफैले गरेका छन् । उक्त भिडियोेलाई बिरेन्द्र भाट ‘बिपिन’ले निर्देशन गरेका हुन् भने सम्पादन पनि उनैको रहेको छ। भिडियो छायाँङ्कन महेश महराले गरेका हुन्।
भिडियोमा गान्धीभ सुबेदी, रुपा कंडेल ,शर्मिला अर्याल र दिप्सन केसीको अभिनय रहेको छ । गीतमा एक प्रेम जोडीको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
गीत रामचन्द्र चन्दको आफ्नै युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रामचन्द्र चन्द






तपाईको कमेन्ट लेख्नुहोस्