दर्शकको मन जित्दै सरोजको निरकमला
मेलम्ची । काँठ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै सार्बजनिक भएको निरकमला गित उत्कृष्ट भएको दर्शक तथा श्रोताले बताएका छन । सिन्धुपाल्चोकको माटोमा जन्मिएका लामिछानेले सांगितिक बजारमा नेपाली लोक गीतको छुट्टै स्थान खडा गरिसकेका छन् । निरकमला अहिले लोकप्रिय बन्दै गइरहेको छ ।
गीतको कोरियोग्राफरमा दिपक बी.सी. रहेका छन् भने गोविन्द पराजुली र सागर बाजुराली रिकोडिस्ट रहेका छन् ।उक्त गीतमा लोक दोहोरी गीतका गायक सरोज लामिछानेका साथै रेखा लामाले स्वर दिएकी छन् । विराज फुयाल र सन्दिप घिमिरेले निर्देशन गरेको गीतको भिडीयोमा दिनेश थापा, राजेश ढकाल, प्रीति तामाङ, सिर्जना किराति, मनीष खड्का, सिमा भण्डारी, सुनीता अधिकारी र कृतिषा कार्कीको अभिनय हेर्न सकिनेछ ।
लामिछानेको नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ ।
उक्त गीतको सम्पादन अविनाश डी.सी. ले गरेका छन् । त्यस्तै गीतको शब्द संकलन अनि लय पनि स्वयम् गायक सरोज लामिछानेले नै गरेका हुन् । गीत सरोज लामिछाने नामक युट्युव च्यानल मार्फत हेर्न सकिने लामिछानेले बताउनुभयो ।
यसअघिका चर्चित बदम खाको सुन्तला छोडाको,सालको पात हे माया,हे मेरो सानू,कोठा भाडा तिर्दिने मैले हो जस्ता थुप्रै गितले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने, #सरोजको निरकमला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्