साहित्यकार लक्ष्मी उप्रेतीको “मृत्यु स्पर्श” लोर्कापण
काठमाडौँ । साहित्यकार लक्ष्मी उप्रेतीको संस्मरणको संगालो “मृत्यु स्पर्श” को लोकापर्ण भएको छ । काठमाडौको हार्दीक होटलमा भएको उक्त भब्य समारोह बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घुम्टीखोली गर्दै सार्बजनिक गरेका थिए ।
उक्त कृति सार्बजनिक गर्ने क्रममा उप्रेतीलाई भाषाविद वालकृष्ण पोखरेल, ज्ञानी शोभा तुलाधर, शम्भुजीत बास्कोटा, डा. राजेन्द्र बराल लक्ष्मी उप्रेती, सत्या मल्ल , उषा मैनाली, शान्ति शर्मा, सूर्य बिसी र गीता त्रिपाठीले पनि साथ् दिएका थिए।

नमूना कलेज अफ फेशन टेक्नोलोजी द्वारा आयोजित कार्यक्रममा श्रष्टा लक्ष्मी उप्रेतीलाई आयोजकको तर्फबाट सम्मानित पनि गरिएको थियो। यसै महिना लष् श्रष्टा लक्ष्मी उप्रेतीको जन्म महिना पनि परेकोले उनलाई कार्यक्रममा अन्य व्यक्ति तथा संस्थाका परतिनिधिहरुले खादा ओढाएर जन्मदिनको बधाई तथा सुभकामना पनि दिएका थिए।
लक्ष्मी उप्रेदीको जिन्दगीको बाटो म्यूजिक भिडियो सार्बजनिक
कार्यक्रममा लक्ष्मी उप्रेतीको शब्द, बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको गीतको भिडियो पनि सार्बजनिक गरिएको थियो। उक्त भिडियो कार्यक्रमका विशेष अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका थिए।उक्त म्युजिक भिडियोको निर्देशन पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन्।
म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन्।कार्यक्रममा मन्तब्य व्यक्त गर्ने क्रममा क्यान्सर विशेषज्ञ डा। राजेन्द्र बरालले क्यान्सर भयावह रोग भए तापनि यो निको हुने नसक्ने रोग भने नभयको जसको ज्वलन्त उदाहरणमा लक्ष्मी उप्रेती र ज्ञानीशोभा तुलाधर रहेको बताए। यी दुवै जनाले स्तन क्यान्सरजस्तो बिमारीलाई आफ्नो दृढ इच्छाशक्तिको कारण र परिवारको एथेष्ट सहयोगका कारणले सहजै जितेको कुरामाथि प्रकाश पारेका थिए।कार्यक्रमलाई शम्भुजीत बास्कोटा र गीता त्रिपाठीले पनि सम्बोधन गरेका थिए।

श्रोता र दर्शकले खचाखच भरिएको दर्शक दीर्घातर्फ इंगित गर्दै कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यकार लक्ष्मी उप्रेतीको साहित्यप्रतिको लगाव, निष्ठा र योगदानले गर्दा नै आज क्यान्सरजस्तो भयानक बिमारीलाई पनि जितेर उनी पुनस् साहित्य सिर्जनामा अग्रसर भएकोमा बधाई समेत दिएका थिएकार्यक्रमका सभाध्यक्ष ज्ञानीशोभा तुलाधरले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिईन भने त्यसपछि उनले क्रमैसंग वालकृष्ण पोखरेल, शम्भुजीत बास्कोटा, डा।राजेन्द्र बराल, गीता त्रिपाठी, बुलु मुकारुंग, विश्व नेपाली, पुकार तिमल्सिना, मोहन अधिकारी, रामेश्वर ढकाल, अस्मिता भण्डारी, अर्चना भण्डारी, गोपी कृष्ण प्रसाई र सत्या मल्ललाई पनि मायाको चिनो प्रदान गरेकी थिईन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मृत्यु स्पर्श, #लक्ष्मी उप्रेती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्