लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२१ आवेदन फारम खुल्ला
काठमाडौं, सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१ चौथो संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेका छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ४ वर्ष देखि गर्दै आएको हो ।
महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षीत तवरवाट गरिने छ ।
विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ३ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो चौथो संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा २५ जना प्रतियोगी समावेश गराइने छ ।
पहिलो चरणको छनौट कार्यक्रम आगामी माघ १० गते हुनेछ ।उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।
प्रतियोगिताका विजेताहरुले मिसेस व्यूटी क्वीन नेपाल २०२१को उपाधी सहित फ्रिज, टेलीभिजन, हिटर साथै घरायसीका उपहारका सामाग्रीहरु र सिंगापुर भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ ।
यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #लेटमिइन मिसेस व्यूटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्