Techie IT
बिहीबार, फागुन १,२०८१

 फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण  बैशाख २३ देखी हुने 


काठमाडौं। हरेक बर्ष फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको  

फागुन महिनाको १२देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणागरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकोले आगामी बैशाख २३ देखी २७,२०७८ (May 6-10) मा हुने आयोजकले जनाएको हो 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकोआयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ मिती तोकिएकोआयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्ति मार्फत जनाएका छन् 

आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१) मा सार्वजनिक गरिने पनि संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545