Techie IT
बिहीबार, माघ १०,२०८१

दुर्गा बिरहीको नयाँ गीत “कुहु कुहु चरी” सार्वजनिक


नयाँ गीत “कुहु कुहु चरी” सार्वजनिक गरिएको छ । आत्मा विश्वास फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस गीतमा बिक्रम परियार र चित्रा श्रीसको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत गायक तथा सर्जक दुर्गा बिरहीले भरेका छन् । गीतमा झलक संगितमको एरेन्ज रहेको छ ।

आलाप स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शिव विकले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको गीत मिलन बिकले सम्पादन गरेका छन् भने दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।

गीत सार्वजनिक भएसँगै आएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको सर्जक दुर्गाले बताएका छन् । आफ्ना यसअघिका गीत जस्तै यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउनेमा उनको विश्वास छ ।

भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?feature=youtu.be&v=uAfdFpQNtA8&fbclid=IwAR3bsQ63EiVhgH7PvZJRYBH6uU7q-d0u00S0gjPThyFEiyt7Eq8YdxTv4bQ&app=desktop

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कुहु कुहु चरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545