१५५ औं मोति जयन्ती सम्पन्न
जीवनराज दाहाल ( बर्दिवास )
बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठानद्वारा १५५ औं मोति जयन्ती मनाइयो । हिजो बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठान, बर्दिवास महोत्तरीद्वारा १५५ औं मोति जयन्तीको अवसरमा भर्चुअल गजल/ कविता गोष्ठी सम्पन्न भएको छ । प्रसिद्ध गजलकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको गजल गोष्ठीमा दर्जनौ कवि तथा गजलकारले आ-आफ्नो रचना वाचन गरेका थिए । कवि तथा गजलकारहरु सरु बस्नेत, मदन प्रभात, तोयाराज घिमिरे, लिलाराज दहाल, रमेश लम्सालले युवा कवि मोतिराम भट्टलाई सम्झिदै वर्तमान समय सन्दर्भका सिर्जनाहरु वाचन गरेका थिए ।

गजलकार बुँद रानाका मन्त्रमुग्ध गजलहरु वाचन गरिएको यस भर्चुअल गोष्ठीको अन्त्यमा प्रतिष्ठानको संस्थापक अध्यक्ष इन्द्र लामा पार्थ सारथिले बधाई ज्ञापन गर्नुभएको थियो । गोष्ठीको सन्चालन कवि जीवनस्पर्शी, स्वागत रमा शर्मा ढकाल, स्वागत कविता यशोदा श्रेष्ठ र सभापतित्व अध्यक्ष रामचन्द्र पौडेल बिपुलले गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्