कोरोना रोकथाम कोषमा सिभिल बैंकको सहयोग

सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रु ८७ लाख सहयोग गरिएको छ ।
बैंकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैँले रु ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी रु ८७ लाख सहयोग गरेको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बाँकी बैंकको सञ्चालक समितिको बैठकको भत्ता र कर्मचारीले आफ्नो तलबबाट कटौती गरेर रकम प्रदान गरेको जनाइएको छ ।
सहयोग प्रदान गरिएको रकम मध्यबाट रु ४३ लाख ५० नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रतिप्रदेश रु पाँच लाखका दरले रु ३५ लाख प्रदान गरिएको बैंकले जनाएको छ । यस्तै रु आठ लाख ५० हजार रुपैँया भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको जनाइएको छ ।
सरकारी कोषमा विभिन्न बैंक तथा सङ्घ संस्थाबाट आवश्यक सहयोग आउने क्रम जारी छ । कुनै संस्थाले आन्तरिक रुपमा रकम उठाएमा एक हप्ता भित्र कोषमा जम्मा गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जथाभावी रुपमा रकम नउठाउन अनुरोध गर्दै उठाएको रकम सरकारी खातामा जम्मा गर्नुपर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #कोरोना रोकथाम कोषमा सिभिल बैंक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्