चेम्बरमा दुई दिने रक्त परिक्षण शिविर
काठमाण्डौं, १४ श्रावण – नेपाल चेम्बर अफ कमर्समा दुई दिने रक्त परिक्षण शिविर संचालनमा आएको छ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रा.लिको संयुक्त तत्वावधानमा उक्त रक्त परिक्षण कार्यक्रम शुरु भएको हो ।
आजदेखि शुरु भएको २ दिने उक्त शिविरमा बिज्ञ डाक्टर एंव प्राविधिकबाट एचबिएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको सहुलियत दरमा रक्त परिक्षण गरिएको छ ।
आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव चेम्बरमा आबद्ध अन्य संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवसायी एवं सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थिती भई रक्त परिक्षण गराएका छन् ।
भोली अर्थात १५ श्रावणमा समेत अपरान्ह् एक बजेदेखि साढे पाच बजेसम्म रक्त परिक्षण कार्यक्रम सचालनमा ंरहने छ ।
कार्यक्रमको आयोजना चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको हो ।
समितीका सभापती दिपक काजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्बरले यस किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आएको र यसका निरन्तरता स्वरुप कार्यक्रम गरिएको बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #नेपाल चेम्बर अफ कमर्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्