हरेक वर्ष अप्रिलको तेस्रो सातामै शेयर बजारले किन लिन्छ गति ? यस्तो छ कारण
शेयर बजारको इतिहास हेर्ने हो भने पनि हरेक वर्ष अप्रिलको तेस्रो सातामा शेयर बजारमा यस्तो दृश्य देखिँदै आएको पाइन्छ। अब जिज्ञाशा जाग्छ आखिर किन देखिन्छ त यस्तो अवस्था ?
यसबीचमा नेप्से परिसूचकमात्र बढेको छैन दैनिक ५० करोडभन्दा तल कारोबार हुँदै आइरहेको शेयर बजारमा अर्ब बढीको कारोबार हुनु र अझ बिहीबार एक अर्ब ३५ करोड बराबरको कारोबार नाघ्नुले शेयर बजारले बुलिस प्रवृत्ति समातेको सहजै अनुमान लगाउन जो कसैलाई गाह्रो हुँदैन ।

नेप्से परिसूचकमा निरन्तर वृद्धि देखने, थोरै करेक्शन हुने र फेरि बढ्ने बजारको गतिप्रति लगानीकर्ताले भरोसा गरेको पाइएको छ। विश्लेषकहरुले वियरिस ट्रेण्ड सकिएर बजार बुलिसतिर अगाडि बढ्न खोजेको बिश्लेषण गर्न थालेका छन् । के वियरिस ट्रेण्ड सकिएकर बुलिस ट्रेण्ड शुरु भएकै हो त ? सामान्य लगानीकर्ताले पनि प्रश्न गर्न थालेका छन् ।
यति मात्र होइन प्रत्येक वर्ष अप्रीलको तेस्रो सातामा बजारले लगानीकर्तामा निकै विश्वास जगाएको देखिन्छ । उल्लेख गरिएका तीनै बर्षका अन्य महिनामा कारोबार रकम २० देखि ३० करोड ननाघेकोमा अप्रिलको तेस्रो साता अर्ब नाघ्नु सुखद संयोग मात्र होइन ।
शेयर बजारमा लगानी गरिरहेका एकजना सक्रिय लगानीकर्ताका भन्छन् शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश गर्ने समय नै यहि हो। सूचीकृत कम्पनीहरुले प्रकाशन गर्ने दोस्रो त्रैमासिक प्रतिवेदनसम्म लगानीकर्ताहरुलाई कम्पनीहरुको कमाईको बारेमा उति चासो हुँदैन । तेस्रो प्रतिवेदन आउने बेलामा भने सबै कान ठाडो पारेर बस्छन् । किनभने चौथो त्रैमास आउने बेलासम्ममा आम्दानी पनि गर्नु छ ।
तेश्रो त्रैमासको विवरणका सूचना प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लगानीकर्तासम्म पुग्ने र फैलने क्रम बजारमा भइरहन्छ । यही समयमा सूचीकृत कम्पनीहरुको धमाधम ९ महिनाको वित्तीय विवरण सार्वजनिक हुन्छन् । जसका कारण बजारमा रौनक देखापर्छ।
करिब दश वर्षयता शेयर बजारमा शेयर खरिद बिक्री गराउँदै आएका एक शेयर ब्रोकर भने तेस्रो त्रैमासमा बजार बुलिस ट्रेण्डमा जाने मुख्य कारक तत्व अन्तिम त्रैमासमा सरकारी विकास खर्चमा वृद्धि मान्छिन् ।
उनले भने दोस्रो त्रैमासमा ठूला लगानीकहरुलाई कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बैंकहरुमा तेस्रो त्रैमासमा सरकारी पैसा खर्चको प्रवृति बढ्दा कर्जा पाउन सहज हुन्छ । जसले ठूलो लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर कर्जा लिएर पनि लगानी बढाउँछन् । ९ महिनाको कमाइका आधारमा वर्षको अन्त्यसम्म कसले कति लाभांश बाँड्न सक्छ भन्ने थाहा भैहाल्छ।
प्रयाप्त तरलता बजारमा आउँदा बंैंक व्याजदरमा थोरै भएपनि खुकुलो हुने भएकाले पनि ठूला साना सबै प्रकारका लगानीकर्ता बजारमा प्रवेश गर्न यो समय नै उपयुक्त देखिन्छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्