सिभिल बैंकको डेपुटी सीइओमा सुनिल पोखरेल
काठमाडौं । सिभिल बैंकले म्यानमारको बैंकमा काम गरिरहेका बैंकर सुनिल पोखरेललाई डेपुटी सीइओमा नियुक्ति गर्ने भएको छ । सर्ट लिस्टमा परेका प्रत्यासीहरुसँग बैंक सञ्चालक समितिले अन्तिम अन्तर्वार्ता गरिसकेको छ ।
अन्तर्वार्तापछि एशिया ग्रीन डेभलपमेन्ट बैंक (एजीडी) मा रिटेल बैंकिङ प्रमुखको रुपमा कार्यरत पोखरेललाई नियुक्ति गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाइएको बैंकका एक सञ्चालकले जानकारी दिए ।
बिराटनर स्थायी घर भएका पोखरेलसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० वर्ष, एनआइसी एशिया बैंकमा ५ वर्ष र म्यानमारको वर्ष काम गरेको अनुभव छ । एनआइसी एशिया बैंकमा पोखरेलले रिटेल बैंकिङ हेर्थे भने चिफ म्यानेजरको रुपमा कार्यरत थिए ।
बैंकको डेपुटी सीइओमा कार्यरत सुजित शाक्य जनता बैंकको डेपुटी सीइओ बनेर गएपछि रिक्त रहेको पदमा पोखरेललाई ल्याउन लागिएको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्