साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो । कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।०७५ मा रु. ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए ।
अघिल्लो वर्ष रु. ८ अर्व ५८ करोडको कारोवार भएको थियो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु.४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको बताए ।
नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र वाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराए । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउदंै देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताईन ।
व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको श्रेष्ठले जानकारी दिईन । कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।
त्यसैगरि कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा माझ सम्पन्न निर्वाचनबाट संचालक समितिको चयन समेत गरेको छ । उक्त निर्वाचनबाट लक्ष्मीदास मानन्धर, प्रदिप लाल श्रेष्ठ, कल्याण गोविन्द श्रेष्ठ, किर्ती कुमार जोशी, अतुल मल्ल,अन्जन श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिले लक्ष्मीदास मानन्धरलाई अध्यक्षमा चयन गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #साल्ट ट्रेडिङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्