महराको नेतृत्वमा काठमाडौं मलमा व्यबसायीको हकहितका निम्ति तदर्थ समिति गठन

काठमाडौं, ०९ माघ – द काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो ।
अर्को व्यवस्थासम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चयर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीहरुले आग्रह गरेका थिए । सोही आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । यससँगै कोषलाई भवन व्यवस्थापन नदिन विचौलियाले गरेको ठूलो कसरत विफल भएको छ । विवादपछि लामो समयदेखि द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएका छन् ।
उनको राजानिमासँगै सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरिएको छ । वर्तमान अवस्थामा व्यवसायीका हकहितका लागि काम गरेर अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीयदर्थ समिति गठन भएको छ ।
समितिमा मधुसुदन आचार्य बरिष्ठ उपाध्यक्ष र देवेन्द्र केसी, प्रकाश थापा, मुरारी कोइराला, रेक्सन बज्राचार्य, सोनिया शाह सदस्य रहेका छन् । सञ्चय कोषले भाडा निर्धारण गर्न समिति समेत बनाएको छ । महरा नेतृत्वको तदर्थ समितिले यसमा सघाउने र द काठमाडौं मल ब्यवसाय संघलाई ब्यवस्थित पार्ने काम गर्ने भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #काठमाडौं मल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्