शेयर बजार आज पुनःओरालो

आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।
वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्