प्रतिभा सहकारीको १० औ साधारण सभा सम्पन्न
राधेश्याम तिमलसिना ( पुकार )
राजधानिको कोटेश्वरमा अवस्थित प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २०६५ सालमा दुई हजार पाचँ सय रुपैयाबाट सुरु गरेको यो सहकारीले करिब १४ करोड रुपौयाको कारोवार गरिरहेको छ । बचत तथा ऋणको साथै यसले बिभिन्न आठ वटा रेमिट कम्पनीहरु मार्फत रमेटान्सको सुबिधा पनि दिदै आएको छ ।
करिब पाचँ लाख संचालन मुनाफा गरेको यस सहकारीले राजधानिको इन्द्रायणि फुडल्याण्डमा भब्यताका साथ साधारण सभा सम्पन्न गरेको छ । करिब ३०० जना शेयर सदस्यहरुको उपस्थिथिति रहेको सो सभामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेल प्रमुख अतिथिका रुपमा रहेका थिए भने अन्य अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाँई ,पूर्व प्रमुख जिल्ला अधिकारी उ उद्धव प्रसाद तिमलसिना ,युनेस्कोका शिक्षा प्रमुख बलराम तिमलसिना , सल्लाहकार पिताम्बर तिमलसिना ,नेपाल सरकारका उपसचिबदोय कमल प्रसाद तिमलसिना , चिरन्जीवी तिमलसिना नवराज घिमिरे बरिष्ठ कलाकार लक्ष्मण बस्तेल रहेका थिए ।
अधिवता तथा समाजसेवी शिवराम तिमिल्सिाना द्धारा संचालित सो कार्यक्रमा उपस्थित अतिथिहरुले छोटो समयमा सस्थाले उललेखनिय प्रगती गरेको भन्दै धन्यवाद ज्ञापन गर्दे संस्थाको थप प्रगतीको कामना समेत गरेका थिए ।
१३,२४,२१,९८० ।– रुपौया बराबरको हिसाब प्रकट गरेको सो सस्थाको लेखा परिक्षण प्रतिवेदन , कोषाध्यक्षको प्रतिवेदन र अध्यक्षको प्रतिबेदन साधारण सभाको हलले सर्बसम्मती बाट पारित गरेको थियो ।
कायक्रमका प्रमुख अतिथी मीनराज कडेलले प्रतिभा सहकारीको प्रगती राम्रो रहेको बताउदै यसका संचालक एवं शेयर सदस्यहरुलाई बधाई समेत दिएका थिए ।
सहकारीहरु अब एक आपसमा मिलेर अघि बढाउनु पर्ने र सम्भव भए सम्म मर्जरमा पनि जानु पर्ने बताए । हाल नेपालमा बैंकहरु जस्तै सहकारी पनि मर्जरमा जान थालेको र अब्वल र सफल सस्था बन्न मर्जरको बिकल्प नरहेको उनको कथन थियो ।
शिवराम तिमिल्सिनाको संयोजकत्वमा नारायण पराजुली र टंक प्रसाद पोखरेल रहेका संस्थाको निर्वाचन समितिले सर्बसममत रुपमा पदाधिकारीहरुको चयन गराएको छ ।
कार्यक्रमको दोश्रो सत्रमा निम्न लेखित पदाधिकारीहरु आगामी ४ बर्षका लागी निरबिरोध चुनिएका थिए ।
अध्यक्ष : होम प्रसाद तिमलसिना ( राजु )
उपाध्यक्ष : कमल बहादुर तिमलसिना
सचिब : दिपक राज बिष्ट
कोषाध्यक्ष : सुकदेब तिमिल्सिना
सदस्य : दिपक लामिछाने
सदस्य : नवराज बास्तोला
सदस्य : मेनुका शिवाकोटी
निर्वाचत अध्यक्ष होम प्रसाद तिमिल्सिनाले प्रतिभा सकहारीलाई साचैनै प्रतिभावान बनाउनका लागि आफू अहोरात्र खटिने बताउदै सस्थाका पदाधिकारी , शेयर सदस्यहरुको साथ र सहयोयगको आवश्यकता रहेको बताए
नेपालमा २०१३ सालमा चितवनबाट सुरु भएको सहकारीको अवधारणा अनुसार हाल देशभर करिब ३५ हजारको संख्यामा सहकारीहरु रहेका छन भने ६३ लाख जना सहकारीका सदस्य रहेका छन ।
अत्यन्तै बिपन्न समुदायहरु जस्तै राउटे ,चेपाङ्ख , मुशहर समुदायहरुलाई बचत तथा ऋणको माध्याम बाट आर्थीक अवस्थामा केही सहज समेत बनाएको छ भने देशको कुल जिडिपीमा ४ प्रतिशत योगदान पुराएको छ ।
तस्वीर : मोहन अधिकारी
क्याटेगोरी : अर्थ
ट्याग : #प्रतिभा सहकारी
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्