Techie IT
सोमबार, चैत्र १०,२०८१

सिभिल बैंकको खुद नाफा ६४.५० करोड


सिभिल बैंकले आ.व.२०७४ / ७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो ।

 

सिभिल बैंकको संचालन मुनाफामा समेत भारी वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ५४ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १० लाखको उचाईमा पुगेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले ३१८.२५ प्रतिशतको फड्को मारेको  छ ।

 

बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ ।

 

बैंकले ४० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३।९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ । 

 

 

अघिल्लो वर्ष ३४ अर्ब २३ करोड निक्षेप संकलन गरी २९ अर्ब ५१ करोड कर्जा परिचालन गरेको थियो ।

 

बैंकले पनि रिजर्ब कोषलाई बलियो बनाएको छ । अघिल्लो वर्ष ७३ करोड रहेको कोषको आकार बढी १ अर्ब ४० करोडको उचाईमा पुगेको छ ।

 

 


क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545